काठमाडौं, मंसिर ३ – युनाइटेड यस इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्। उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन्।
रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो। भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो बर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ।
नवनियुक्त कामू प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए हुन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ।
उनी आइसीआइसीआइमा तीन बर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गइन्। त्यसपछि फेरि उनी अर्को एक इन्स्योरेन्स कम्पनीमा गइन्।
FACEBOOK COMMENTS