काठमाण्डौं — सामुदायिक वनमा वृक्षरोपण गर्दा वनका कर्मचारीले अनियमितता गरेको पाइएको छ ।
मोरङ खण्डमा पर्ने चारकोसे जंगलको लक्ष्मी सामुदायिक वनको झन्डै १६ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्दा साढे सात लाख रुपैयाँ अनियमितता भएको हो ।
करिब दुई लाख रुपैयाँ वृक्षरोपणका नाममा खर्च गरेर ९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको भेटिएको छ ।
१५ दशमलव ६८ हेक्टर क्षेत्रफलमा वृक्षरोपणका लागि तत्कालीन इलाका वन कार्यालय भाउन्नेमार्फत सरकारको साढे सात लाख र आपूर्ति समितिको दुई लाख रुपैयाँ चालु वर्ष निकासा भएको थियो ।
वनले ती बिरुवा खरिद गरेको नभई लक्ष्मी सामुदायिक वनदेखि दुई किलोमिटर पश्चिमको बेलबारी र करिब १० किलोमिटर टाढाको सलकपुर तथा करिब १५ किलोमिटरपूर्वको मंगलबारेस्थित जिल्ला वनमातहतको नर्सरीबाट निःशुल्क ल्याएर प्रतिगोटा ४ रुपैयाँ ज्याला तिरी रोपाएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS