काठमाडौं, पुस २ – सनराइज बैंक लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर कुलेचोकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललाई नियुक्त गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा भद्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दशरथ प्रधान, सनराइज बैंक प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौला, भद्रपुर शाखाका शाखा प्रबन्धक भिषण निरौला र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सक्ने छन् । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ५५ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS