काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको थियो भने ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।
आज नेप्से १६.९७ अंकले घटेर दुई हजार आठ सय १ दशमलब १३ विन्दुमा थामिएको हो । आज नेप्सेमा ४ अर्ब ५८ करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको भएको छ । यस कम्पनीको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS