काठमाडौं,माघ २१ – अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न उयचतायष्यि को वारेमा प्रशिक्षण दिएका थिए ।
केन्द्रिय कार्यालयका बजार विभागका नायबप्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि(बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पार्नुभएको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का गण्डकी प्रदेशकाप्रमुख गोपाल प्रसादपौडेलले गरेका थिए ।
FACEBOOK COMMENTS