काठमाडौं, मंसिर १८ – एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपाल (आइडिया नेपाल)ले क्षमता–विकाससम्बन्धि नि:शुल्क अनलाइन तालिम प्रदान गर्न थालेको छ । यसअन्तर्गत दक्ष जनशक्तिको विकास गर्न विभिन्न किसिमका छोटो अवधिका तालिम दिन थालिएकाे हाे ।
कम्पनीले सम्बन्धित विषयका विशेषज्ञ झिकाएर तथ्यांक विश्लेषण तथा एकेडेमिक आर्टिकल लेखन, ग्राफिक डिजाइनिङ्ग, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान रिपियरिङ्ग, प्लम्बिङ्ग, इलेक्ट्रिसियन, बाख्रापालन, माछा पालन, बट्टाइ तथा कालिज पालन, व्युटिसियन, फिजियोथेरापी जस्ता २० भन्दा बढि तालिम दिने जनाएको छ ।
आइडिया नेपालले तालिम लिएर काम गर्नसक्ने जनशक्तिलाई रोजगारीको व्यवस्था समेत गर्ने जनाएको छ । आइडिया नेपालले सञ्चालनगरेको तालिम कार्यक्रम नि:शुल्क, अनलाइनमा आधारित र इच्छुक जो कसैले पनि भाग लिन पाउने जनाएको छ ।