काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण मागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन समय नै तोकेको छ ।
‘ मन्त्रालय र अन्तर्गत विभागरकार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण दयार पारी यस कार्यालयमा मिति ०८३-०१-०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’ पत्रमा उल्लेख छ ।
यस्तै सवारीको ब्रान्ड, सवारी साधन नम्बर, डिजेलरपेट्रोलरविद्युतीय खुलाउने, प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था खुलाउन निर्देशन दिइएको छ ।