काठमाण्डौं – सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।
अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ।
उनले हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ।
अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने उनले बताए।
नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली श्रमिक दक्षिण कोरिया जान थालेका हुन्।
– नागरीक
FACEBOOK COMMENTS