काठमाडौं,फागुन २०- अर्थमन्त्री एवम संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले आज मुख्य सचिव लोक दर्शन रेग्मी समक्ष राजिनामा बुझाएका हुन् ।
राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल आज पूरा भएपछि उनले राजीनामा दिएका हुन् । मुख्य सचिव रेग्मीले मन्त्री खतिवडाको राजिनामा पत्र राष्ट्रपतिलाई बुझाएका छन् ।
तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । यद्यपि उनले बुधबार पुनस् मन्त्रीको रुपमा सपथ लिने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनस् नियुक्त गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ ।
सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS