काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आजदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
आज साँझदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा साझा यातायात मार्फत रात्रिकालिन विद्युतीय बस सेवा सञ्चालनको शुभारम्भ हुँदैछ ।
साँझ ७ बजे साझा यातायातको कार्यालय पुल्चोकबाट शुभारम्भ हुने कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि अनुरोध छ ।
आज साँझदेखि पहिलो चरणमा लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा साझा यातायात मार्फत रात्रिकालिन विद्युतीय बस सेवा सञ्चालनको शुभारम्भ हुँदैछ ।
साँझ ७ बजे साझा यातायातको कार्यालय पुल्चोकबाट शुभारम्भ हुने महानगरले जनाएको छ ।

यसपछि दोस्रो चरण ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

बसहरु साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।