काठमाडौं, बैशाख १५- सोमबार कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण तथा आरडीटीबाट ४३ हजार ६२ जनाको परीक्षण गरिएको बताए ।
हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा। देवकोटाले बताए । हाल देशका १६ स्थानमा कोरोना परीक्षण भइरहेको छ ।
हाल देशभरका अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
हाल देशभर २० हजार १९५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।
FACEBOOK COMMENTS