काठमाण्डौं – नेपाल ल्युब आयल लिमिटेडको आयोजनामा इन्डस्ट्रियल टेक्निकल मिट २०१९ सम्पन्न भएको छ।
भैरहवाको होटल बोधी रेड सनमा भएको सम्मेलनमा बी टु बीका ग्राहकहरुसँगको अन्तरक्रिया र उनीहरुलाई नयाँ उत्पादनका वारेमा जानकारी गराउने उद्देश्यका लागि आयोजना गरिएको थियो।
सम्मेलनको मुख्य उद्देश्य कम्पनीका उत्पादनका वारेमा जानकारी दिनु तथा तथा वाहिर बजारमा देखिएका प्रमुख समस्याहरुको समाधानका लागि अन्तरक्रिया गर्नु रहेका थियो।
कार्यक्रमका मुख्य वक्ताहरु जस्मित सिंह र सुशिल कुमार शर्माले ग्राहकहरुका समस्या समाधान र नयाँ प्रविधीका वारेमा अन्तरक्रिया गर्नुका साथै आफ्नो प्रस्तुति दिएका थिए।
– नागरीक
FACEBOOK COMMENTS