काठमाण्डौँ – इलाम नगरपालिकाले सदरमुकाममा लगानी सम्मेलन आयोजना गर्ने भएको छ।
आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो।
आउँदो २५ गते आयोजना गरिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको नगरपालिकाले जनाएको छ।
सम्मेलनमा जिल्लाका स्थानीय तहका प्रमुखसहित विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिसमेत सहभागी हुने आयोजक इलाम नगरपालिकाले जनाएको छ।
FACEBOOK COMMENTS