काठमाडौँ — भोजपुरको पिखुवा खोलामा निर्माण भइरहेको इस्ट्रन हाइडो«पावर जलविद्युत् आयोजनाको निर्माणकार्य ९८ प्रतिशत सम्पन्न भएको छ ।
५ मेघावाट क्षमताको इस्ट्रन हाइडो«पावर जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकिएपछि अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको हालसम्मकै सबैभन्दा बढी ५ मेघावाट क्षमताको जलविद्युत् आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी भएको आयोजनाले जनाएको छ ।
जलविद्युत् आयोजना करिब एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।
आयोजना ०७६ असार मसान्तसम्म सकिने सम्झौता भए पनि चालू आवको फागुन अन्तिममा सक्ने लक्ष्य आयोजनाले राखेको छ ।
.— कारोबार
FACEBOOK COMMENTS