काठमाडौं । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा अवरोध नपुर्याउने भएको छ ।
इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन हुने घोषणा गरेको अलजजिराले जनाएको छ । अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । उनीहरूबीच आपसी वार्ता समेत भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजनमा अवरोध नहटाउँदो नाकाबन्दी गरेका थिए ।युद्धविरामको अधवधिर होर्मुजमा कुनै अवरोध नहुने इरानले प्रस्ट पारेको छ । गत अप्रिल सातको मध्यरातमा अमेरिका र इरानबीच १५ दिने युद्धविराम घोषणा भएको थियो ।
पाकिस्तानको मध्यस्थतामा उनीहरूबी युद्धविराम भएको थियो । युद्धविरामको अवधिमा पाकिस्तान, अमेरिका र इरानका त्रिपक्षीय प्रतिनिधिमण्डलबीच वार्ता समेत भएको थियो । वार्ताले कुनै परिणाम निकाल्न सकेन ।
उक्त वार्ता असफल भएसँगै इरान र अमेरिकाबीच सहमति कायमका लागि पाकिस्तान पुन: सक्रिय छ । पाकिस्तानका प्रतिनिधिमण्डल इरान पुगेका छन् । दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।
