काठमाण्डौँ— काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको छ ।
गत बर्ष साउनमा १५ करोड राजस्व संकलन भएकोमा यस बर्ष दोब्बर भएको राजस्व विभागका निर्देशक दीपक अधिकारीले बताए ।
यही अनुपातमा राजस्व संकलन हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य प्राप्त हुने उनले बताए ।
महनगरमा १२ हजार ७९ करदाता छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS