काठमाडौं– काठमाडौंमा विभिन्न बैंकका एक दर्जनभन्दा बढी एटीएम ह्याक भएको र एक करोड २६ लाख नेपाली र ९ हजार अमेरिकी डलर सहित पाँच चिनियाँ नागरिक पक्राउ परेको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
उनले फरेन्सिक ल्याव लगाएतका प्रविधिको प्रयोग गरी अनुसन्धान भैरहेको जानकारी दिएका छन् । उनले सीसीटीभी फुटेज, सम्बन्धीत बैंकको स्टेटमेन्ट लगाएतका विषयमार्फत अनुसन्धान हुँदै गरेको बताएका छन् ।
उनले प्ररम्भिक अनुसन्धानमै रहेकोले व्यक्तिको भन्दा पनि बैंककै खाताबाट पैसा निकालेको देखीएको बताएका छन् । ३ ओटा एटीएम बुथ ह्याक गरेको अनुसन्धान बाट देखिएको छ । दरवारमार्गको नविल बैंक, ठमेलको हिमालय बैंकको र प्रभु बैंकको एटीएम प्रयोग गरिएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS