काठमाण्डौं– शान्ति, समृद्ध, उद्योग र व्यापार नवलपरासी औद्योगिक व्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उद्योग, व्यापार, एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी २०७५ शुरु भएको छ ।
उद्योग वाणिज्य संघ नवलपरासी तथा औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनीसहितको मेला भएको हो ।
मेलालाई प्रमुख अथिति नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर उपाध्यक्ष चण्डीराज ढकालले सुभारम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगी चण्डीराज ढकालले व्यपार मेला रमाइलो मेलाको रुपमा मात्र नभएर स्थानिय कला संकृति , भेष भुषा , रिति थितीको प्रवर्दनमा ठुलो टेवा पुग्ने बताएका थिए । यस्ता मेलाले नयाँ पर्यटकिय गन्तव्य पहिचानको लागि सहयोग पुर्याउने दाबी गरे ।
उनले विभिन्न उद्योगका उत्पादनलाई उपभोक्तालाई पहिचान गराउन मद्दत पुर्याउन सहयोग पुराउने बताए । मेलाले बजार विविधिकरणको लागि ठुलो भुमिका निर्वाह गर्ने बताए ।
मेलामा पाँच नंबर प्रदेशका संसदहरु , उद्योग वाणिज्य महासंघ बुटवल, कपिलवस्तु , सैनामैना, वालिङ लगाएत महासंघका केन्द्रीय सदस्यहरु उपस्थित भएका थिए ।
FACEBOOK COMMENTS