काठमाण्डौं- अर्थ मन्त्री युवराज खतिवडाले घुमाउरो पाराले अटो विलासिताको साधन भएको बताएका छन् ।
अटो विलासिताताको नभइ अत्यावश्यकीय साधन रहेको सरोकारवालाहरूले बताएका बेला अर्थ मन्त्री खतिवडाले भने घुमाउरो भाषण गर्दै अटो विलासितानै भएको अर्थाउन खोजेका हुन् ।
उनले काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शो को उद्घाटन गदै ऋण लिएर गाडी नचढ्न भनेका छन् ।
’ऋण लिएर गाडी नचढ्नुस, यसले न व्यक्तिलाई फाइदा गर्छ न त देशलाई नै । सरकार जति सडक चौडा बनउदै जान्छ त्यति सवारि साधन थपनुपर्छ भन्ने छैन’ अर्थमन्त्री डा. खतिवडाले भने ।
यता नाडा एक परिवार एक गाडीको नारा लिएर हिडिरहेको बेला अर्थमन्त्रीको उल्टो व्यवहारले सरोकार वालाहरु फेरि कतै पँचायती ब्यवस्था सुरुहुन लागेको त हैन भन्दै चिन्तित भएका छन् । पञ्चायती व्यवस्था रहेसम्म सर्वसाधरणका लागि निजि सवारी साधन आकासको फल आखातरी मर सरह थियो ।
प्राय जस्तो सवारी साधनहरु बैंक तथा वित्तिय संस्थाहरु मार्फत किस्ता बन्दीमा खरिद हुँदै आएको छ । गाडी बिक्रेता कम्पनीहरुले पनि बैंकहरुसँग सहकार्य गरेर किस्ता बन्दीमा गाडी बेच्दै आएका छन् । ९० प्रतिशत सवारी साधनहरु बैंकबाट ऋण लिएरै खरिद हुने गरेका छन् ।
अर्थमन्त्रीमात्र होईन देशका प्रधानमन्त्री केपी शर्मा ओली नै नागरिकमा देखिएको खर्चालु प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । सरकार केहि नभएपनि २ वर्षलाई सवारी साधान आयत बन्द गर्ने मनस्थीतिमा रहेको बुझिएको छ । सरकारले यसको शुरुवात चिनी आयतमा रोकेर गरिसकेको छ ।
नागरिकमा खर्च गर्न प्रवृत्ति बढेन भने देशको अर्थतन्त्र चलाएमान हुनसक्दैन भन्ने प्रधानमन्त्री तथा मन्त्रीले नै बुझ्न नसकेको धेरैको बुझाई छ ।
FACEBOOK COMMENTS