काठमाण्डौँ — चालु वर्षको ९ महिना बितिसक्दा कर्णालीमा बजेट खर्च न्यून देखिएको छ।
महत्वाकांक्षी बजेट ल्याएको प्रदेश सरकारले १२ प्रतिशत मात्रै बजेट खर्च गरेको हो।
चालु वर्ष सकिन अब ३ महिना मात्र बाँकी छँदा विकास बजेटतर्फको खर्च निराशाजनक छ।
ठूलो आकारमा बजेट ल्याएको प्रदेश सरकारले कर्मचारी अभाव, कानुनी अड्चन र संरचनागत कमीका कारण अपेक्षाअनुसार बजेट खर्च गर्न नसकिएको जनाएको हो।
चालु वर्षका लागि प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको थियो।

तर, ९ महिनाको अवधिमा १२ प्रतिशत अर्थात् तीन अर्ब सात करोड २५ लाख बजेट मात्रै खर्च भएको छ। त्यसमा पनिब विकासतर्फ एक अर्ब ९३ करोड ८६ लाख खर्च भएको छ।

जुन कुल बजेटको १० प्रतिशत हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारको चालु वर्षको नौ महिनामा भएकोे खर्चको प्रगति विवरण सार्वजनिक गरेको छ।
— अन्नपुर्ण