काठमाण्डौँ — नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ।
यही वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेन्ड द वेल्ट एन्ड रोड नेपाल चाइना एजुकेसन फेयर’ सञ्चालन हुन लागेको हो।
वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वमा सञ्चालन हुने मेलामा विभिन्न चाइनिज युनिभरसिटी र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहनेछन्।
सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तरक्रियासमेत हुने आयोजक चिनियाँ भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्कीले बताए।
करिब १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दुवै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ।

मेला सञ्चालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तरक्रिया कार्यक्रम हुने उल्लेख छ।

— अन्नपुर्ण