काठमाडौं, बैशाख ३१ – प्रहरीले ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल गरेको छ ।
मंगलबार गरीएको परिक्षणमा आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना देखिएपछि प्रहरीले सो प्रतिष्ठान र सँगै जोडिएको निदान अस्पताल पनि सिल गरेको हो ।
कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न ती दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ । सिल गरिएको भवनमा सुरक्षाकर्मीले सबैलाई प्रवेशमा रोक लगाएको छ ।
FACEBOOK COMMENTS