काठमाडौं– कर्मचारी सञ्चयकोषले सुन्धारा स्थित काठमाडौं मल भाडामा दिनको लागि बोलपत्र आब्हान गरेको छ । सञ्चयकोषले गोरखापत्रमा साउन २७ गतेको सुचना मार्फत ५ वर्षको लागि बोलपत्रको आब्हान गरेको हो ।
सुचनामा भनिएको छ‘काठमाडौं जिल्ला काठमाडौं म.न.पा वडा नं २२ सुन्धारा स्थित कोषको सपिङ कम्प्लेक्स भवन ५ वर्षको लागि लिजमा लिन इच्छुक व्यक्ति वा फर्म÷कम्पनीबाट रीतपूर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ।’
सपिङ कम्पेक्सको ब्लक ए को भवन जुन १ लाख ५ हजार ४ सय ३३ वर्गफिटमा रहेको भवन लिजको लागि बोलपत्र आब्हान गरेको हो । कोषले सिलबन्दी बोलपत्रको लागि न्युनतम मासिक भाडा १ करोड सात हजार ताेकेकाे छ ।
कोषले जारी गरेको सुचनामा बोलपत्र जमानतको लागि ६० लाख ४ हजार रुपैयाँ राख्नु पर्ने उल्लेख गरेको छ । सिलबन्दी बोलपत्र दाखिला गर्ने मिती भदौं २४ गते कार्यलय समय भित्र कर्मचारी सञ्चयकोष, भवन तथा आवास व्यवस्थापन विभाग पुलचोबाट बोलपत्र फारम खरिद गर्न सकिने बताएको छ ।
FACEBOOK COMMENTS