काठमाडौं, असोज १२ – पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
जागेश्वर गौतमले जानकारी दिए।
सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।