काठमाडौं । नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि अब सेवाग्राहीले छुट्टाछुट्टै फारम भर्न नपर्ने भएको छ ।
सरकारले नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीलाई एकै ठाउँमा ल्याएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सो बारे जानकारी दिँदै अब नागरिकले एकै प्रकृतिका सेवाका लागि छुट्टाछुट्टै फारम र निकाय धाउन नपर्ने बताए । आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालयले यस्तो बताएका हुन् ।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी बायोमेट्रिक विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र ईकाईमा उपस्थित हुनुपर्ने बाध्यता थियो । तर, अब सो व्यवस्था हटेसँगै सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने उनले बताए ।
FACEBOOK COMMENTS