काठमाण्डौँ — ग्लोबल आईएमई बैंकले आथिृक वर्ष ०७४/७५ मा २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंक सञ्चालक समितिको ३०७ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् आर्थिक वर्ष ०७४/७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामाफर्त ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS