काठमाडौं, जेठ २६ जेठ – विश्व बैंकले नेपाल सरकारले गरेको आर्थिक बृद्धिदरको प्रक्षेपण सम्भव नभएको बताएको छ । नेपालले चालू र आगामी आर्थिक वर्षका लागि गरेको आर्थिक वृद्धिदरको प्रक्षपणको लक्ष्य पूरा नहुने विश्व बैंकको ठहर छ ।
विश्व बैंकले नेपालको अनुमान भन्दा आधा मात्रै आर्थिक वृद्धि सम्भव रहेको पनि बताएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ रिपोर्टमा सो कुरा उल्लेख छ ।
चालू आर्थिक वर्ष २०७७/७८ का लागि २.७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर सम्भव भएको जनाइएको छ । नेपालले चालू आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धिदर र २०७८/७९ का लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको हो ।
विश्व बैंकले आगामी २०७८/७९ आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत अनुमान गरेको छ ।
FACEBOOK COMMENTS