काठमाडौं। लकडाउनका बेला पनि कर असुल्न पाउँ भन्दै जनतालाई बेवास्ता गर्दै लाजै पचाएर सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशविरूद्ध पुनरावेदन गर्न पुगेको सरकारलाई सर्वोच्च अदालतले फेरिपनि जनपछीय निर्णय गरीदिएको छ ।
सर्वोच्चले गत बुधबार लकडाउनलाई शून्य समय मानेर खुलेको ३० दिनभित्र मात्र कर असुल गर्ने ब्यवस्था मिलाउन सरकारलाई अन्तरिम आदेश दिएको थियो । उक्त आदेशपछि असार ७ भित्र कर उठाउने सरकारी योजना तुहिएको हो ।
अन्तरिम आदेशविरुद्ध पुनरावलोकन गरिपाउँ भन्दै अर्थमन्त्रालय शुक्रबार अबेर सर्वोच्च पुगेको थियो। उक्त मुद्दामा आफ्नो निर्णय सुनाउँदै सर्वोच्चले सरकारको दाबीलाई खारेज गरिदिएको हो ।
पुनरावलोकनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा भएको थियो। यसअघि अन्तरिम आदेश न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले दिएको थियो ।
FACEBOOK COMMENTS