काठमाण्डौँ — नेपाल धितोपत्र बोर्डले जलविद्युत्मा जनताको लगानी सम्बन्धमा विशेष कानुनी व्यवस्था गरेको छ।
नेपालको जलविद्युत्को विकासमा सर्वसाधारण नागरिकलाई सहभागी गराउने उद्देश्यले सरकारले ल्याउन लागेको जनताको जलविद्युत् कार्यक्रम अनुसार कानुनी व्यवस्था गरेको छ ।
सर्वसाधारण जनताको लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वःपुँजी संकलनको लागि गरिने सेयर निष्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने सम्बन्धमा विशेष कानुनी व्यवस्था गरिएको हो।
यसका लागि आवश्यक नियम तथा कानुनी व्यवस्थाका लागि अर्थ मन्त्रालयबाट बोर्डमा प्राप्त पत्र बमोजिम बोर्डबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा दोस्रो संशोधन गरेको हो।
— नागरीक
