काठमाण्डौं–ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीबीच सहकार्य गर्नेबारे सम्झौता भएको छ ।
बैंकले सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
यो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसिल कुमार शर्मा र संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरे ।
यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।
FACEBOOK COMMENTS