काठमाण्डौं– टाटा मोटर्सले सानो ह्याचब्याक इलेक्ट्रिक कार छिट्टै बजारमा ल्याउने भएको छ ।
हालको लागि टाटा मोटर्ससँग टियागो र टाटा लाइनअपमा इन्ट्रि लेभल कार उपलब्ध रहेको छ ।
टाटाको सो कार टियागो भन्दा सानो हुनेछ भने यो टाटाको पहिलो इन्ट्रि लेभल इलेक्ट्रिक कार हुनेछ ।
टाटा मोटर्सले पहिलो पटक इलेक्ट्रिक कार निर्माण गर्न लागेको हो ।
इन्ट्रि लेभल र बजेट कार सेगमेन्टमा इलेक्ट्रिक कारको राम्रो स्कोप रहेको छ । टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कारको रुपमा परिचित टाटा नानोको निर्माण बन्द गर्ने घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS