काठमाडौं, कात्तिक ५ – पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच.पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।
घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले अनलाइन मार्फत प्रतिस्पर्धा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए । उनले कोरोना भाइरस (कोभिड १९)को डरका कारण अनलाईन माध्यमबाट कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिताका विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । एच.पी ईन्टरटेन्मेटले केही अगाडि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ समेत आयोजना गरेको थियो ।
FACEBOOK COMMENTS