काठमाडौँ — नेपाल पञ्चांग निर्णायक समितिले असोज २१ गते बिहान १०ः३५ बजेलाई दसैंको शुभसाइत भनेको छ । साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।
विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने उनको भनाइ छ। देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ।
FACEBOOK COMMENTS