काठमाडौं, फागुन ५ – सोमबार विहान काठमाडौं उपत्यकाका धेरै ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जमिन र वायुमण्डल बीचको वायूलाई छेक्ने तहका कारण आज धेरै ठाउँमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले तुवाँलोका कारण भिजिबिलिटी पनि कम भइको छ । जमिनको सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो बढेको मौसमविदले बताएका छन । लामो समयदेखि पानी पर्न नसकेको, तल्लो तहको हावा तात्ने गरी घाम नलागेको र हावा नचलेको तथा प्रदुषणको मात्रा बढेको कारण बाक्लो तुवाँलो लागेको हो ।
आगामी बुधबार पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने भएपछि पानी पर्ने र पानी परेसँगै मौसम सफा रहने मौसमविदले बताएका छन् ।
यसैबीच आज देशको सबैजसो ठाउँमा बादल लाग्ने र मध्य तथा पूर्वी पहाडी भेगको केही ठाउँमा सामान्य पानी समेत पर्ने महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS