काठमाण्डौं — माथिल्लो त्रिशूली थ्रिए जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ।
लगभग ९८ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।
सन् २०११ देखि त्रिशूलीको पश्चिमी किनारा नुवाकोट र रसुवाको सीमामा आयोजना निर्माण सुरु भएको हो। यो आयोजना ६० मेगावाट क्षमताको छ।
नुवाकोट सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरमा निर्माण भइरहेको यस आयोजनामा १५० चिनियाँ र १५० नेपाली कामदार कार्यरत छन्।
छिमेकी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी ९सीजीजीसी०ले निर्माण गरेको आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रो मेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रो मेकानिकलतर्फ ८८ प्रतिशत तथा प्रशारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख फणिन्द्र जोशीले जानकारी दिए।

निर्माण सम्झौताअनुसार सन् २०१४ को अप्रिलमा सक्नुपर्ने आयोजना ६० बाट ९० मेगावाट बनाउने कि नबनाउने विवादमा परेर लम्बिएको हो।

त्यसैगरी २०७२ सालको भूकम्पले बाँधस्थल र पहुँचमार्गमा क्षति पु¥याएकाले पनि निर्माण समय लम्बिएको हो।

— अन्नपुर्ण