काठमाडौँ, श्रावण २० – दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।
पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए । उनी सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत थिए ।
थापाका अनुसार अफ्रिका महादेशमै कोरोनाबाट पहिलो नेपालीको मृत्यु भएको हो ।
अहिलेसम्म अफ्रिकाका दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्ट गरी २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जना निको भई घर फर्किएको थापाले जानकारी दिए ।
FACEBOOK COMMENTS