काठमाडौं, २३ वैशाख- नमस्ते हाम्रो संस्कार हो ।नमस्कार गर्नुको माने सम्मान दर्शाउनु हो । तर, के ? नमस्कार गर्दैमा सबै प्रति आत्मा देखी नै उच्च आदर गरिन्छ त ? । हो पक्कै पनि हामीले जे जति र जो जतिलाई नमस्ते गरेका छौ ती मध्ये कोही कोही यस्ता हुन्छन् जो पेशागत र आचारणगत दुवै हिसाबले सम्मान गर्न लायकका ठहर्छन् । हुन त मान्छेलाई तौलन त्यति सहज पक्कै छैन । तथापी मानिस भित्रको सरलता र सहजपनाले पनि मानस पटलमा उस प्रतिको बिम्ब कोरिने गर्दछ हाम्रो मनमा । र जसले असल बानी ब्यहोरा प्रदर्शन गर्छ त्यस्ता ब्यत्तिलाई सम्मानित दृष्टिले हेर्न करै लाग्छ । त्यसैले हामीले दुई हात जोडेर गरिने नमस्कार अौपचारिकता बिषय मात्र पक्कै होईन ।
नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले फेसबुक स्टाटस मार्फत पेशागत जीवनमा आत्मादेखि सम्मान दिन लायकका एक पात्रको नाम उल्लेख गरेका छन् । को हुन ? त ती असल मानिस ।
पूर्व सचिव मैनाली लेख्छन्….
२०४३ सालमा द्वितीय श्रेणीमा पदोन्नती भएपछी मेरा हाकिम तत्कालीन अतिरिक्त सचिव श्री योगेन्द्र नाथ ओझा सरले मलाई गृह सचिवसँग भेट गराउन लैजानु भयो। हामी बैठक कोठामा वसी राखेको वेला एक जना दुब्ला पातला कदका बुढा मानिस ट्रे मा चिया बोकेर आउनु भयो, हामी तीन जनै चिया खान थाल्यौ ,ती चिया ल्याउने व्यक्ति नै गृह सचिव रहेछन् , त्यस पछी धेरै वटा गृह सचिवसँग काम गर्ने र नजिकवाट चिन्ने अवसर मिल्यो, तर बीर बहादुर सचिवसँग तुलना गर्दा सवै फिक्का । नमस्ते त सवैलाई गरियो तर आत्मादेखि सम्मान दिन लायक पात्र भेट्न सकिन । आज यी तलका पोस्ट एक मित्रले पठाए पछी उनै प्रात स्मरणीय स्वर्गीय शाही सचिव ज्यू को सम्झना आयो।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन हस्पिटलबाट घर फर्किएपछी उनलाइ भेट्न् पत्रकारहरु उनको निजी निवास पुगे । घरमा सबैलाई बस्न पुग्ने बैठक कोठा नभएकाले प्रधानमन्त्री पत्रकारलाई भेट्न् बाहिरै आए । आफैले कफी बनाएर ल्याए । ती कफीका कप फरक फरक आकार र रङका थिए । यसको अर्थ उनको घरमा तामझामवाला नभएर साधरण भाडाकुडा प्रयोगमा छन भन्ने बुझिन्छ । नेतृत्वमा रहनेहरुको जीवन शैली कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण हो यो ।
FACEBOOK COMMENTS