काठमाडौं, मंसिर २९ – अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १९ सदस्यीय कार्यसमिति नै सर्वसम्मत चयन भएका छन् ।
नाडाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । नाडाले आगामी नेतृत्व चयनका लागि आज (मंसिर २९) ११ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । अध्यक्ष पदको लागि दुलाल विरुद्ध उम्मेदवारी दर्ता नभएसँगै उनी आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
भावी कार्यकालको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने कार्यसमिति सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ रहेका छन्।
त्यस्तै निराकार श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलम पाठक निर्वाचित भएका छन्।
नाडाको संस्थागततर्फबाट ध्रुवबहादुर थापा, सुभाष आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षको चयन आज भए पनि यसको औपचारिक घोषणा पुस ४ गते हुने नाडाको बार्षिक साधारणसभाबाट घोषणा हुनेछ ।नाडामा चार कार्यकाल पछि नेतृत्व निर्विरोध चयन भएको हो । नाडा कार्यसमितिको कार्यकाल २ वर्षको हुन्छ ।
FACEBOOK COMMENTS