काठमाडौं– नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनको आयोजनामा भदौ १० गते देखी काठमाडौंमा नाडा अटो शो हुँदैछ।
नाडा अटो एशोसिएसनले लामा ९५ ब्राण्डका सवारी साधन सहभागी हुने जानकारी दिएको छ । मेलामा सबैको चासो नयाँ गाडि के छन् । त्यसका विशेषता के के छन् भन्ने चासो हुन्छ ।
विश्वमा चर्चामा रहेका विद्युतिय गाडिहरुको पनि सहभागिता रहने नाडा अटो एशोसिएसनले बताएको छ ।
केही वर्ष अघिसम्म महिन्द्रा र कियाले विद्युतीय गाडी बिक्री गर्दै आएकोमा गत वर्ष हुण्डाईले पनि विद्युतीय गाडी कोना ल्याएको थियो ।
अहिले कियाले कोनासँगै प्रतिस्पर्धा गर्न विद्युतीय गाडी निरो ल्याएको छ। एक पटक चार्ज गरेपछि ४ सय ६० किलोमिटर चल्ने यो गाडीको मूल्य ६५ लाख रुपैयाँ छ।
नाडा अटो एसोसिएसनमा महिन्द्राको मोराजो, टाटा एचफाइभ, टोयोटाको र्याभ फोर,रेनल्टको ट्राइवर लगाएतका नयाँ गाडि नाडा अटो शोमा आकर्षक रहने बताईएको छ ।
महिन्द्रा एक्सयूभी–३००
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो। गाडिमा सनरुफ,एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता छन्।
गाडीमा रहेको १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ।
टाटा एचफाइभ
टाटाको बहुप्रतिक्षित प्रिमियम एसयूभी टाटा एच फाइभ नाडामा सार्वजनिक गरिँदैछ। टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्स इ, एक्स एम, एक्स टी, एक्स जेड लगायत चारवटा भेरियन्टमा छ।
२.० लिटर सहित चारवटा सिलिण्डर टर्बो इन्जिनयुक्त एच फाइभमा एक सय ४० पावर र तीन सय ५० न्युटन मिटर टर्क पावर रहेको छ। ५० लिटर इन्धन क्षमता भएको यो गाडी दुई हजार सीसीको रहेको छ।
टोयोटाको र्याभ फोर
टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पेट्रोल भेरियन्टको र्याभ फोर सार्वजनिक गर्ने भएको छ। सन् २०१९मा सार्वजनिक भएको र्याभ फोरमा अत्याधुनिक सुविधा छन्।
कम्पनीले सार्वजनिक र्याभ फोर र क्याम्री ब्राण्डको हाइब्रिड गाडी सार्वजनिक गर्न लागेको जनाएको छ। गाडीमा स्मार्ट कि सिस्टम, युएसबी पोर्ट, कम्प्याटिबल वाइरलेस चार्जर, डिजिटल रियर भ्यू मिरर लगायतका सुविधा रहेका छन्।
रेनल्टको ट्राइवर
रेनल्ट गाडीको अधिकृत विक्रेता एड्भान्स अटोमोवाइल्सले नाडा अटो शोमा ट्राइवर सार्वजनिक गर्ने भएको छ। एक हजार सीसीको सानो यो गाडीमा सात जना अट्न सक्ने सिट क्षमता छ। तीनवटा सिलिण्डर सहित १.० पेट्रोल इन्जिन गाडीमा ७२ पिएस र ९६ एनएम पावर छ।
सुजुकीको एस–प्रेसो
सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले यो वर्ष भारतकै सानो एसयुभी एस(प्रेसो सार्वजनिक गर्ने भएको छ। गाडी भित्र्याउन समय लाग्ने भएको कारण कम्पनीले दुई महिना भित्र एस(प्रेसो ल्याउने योजना बनाएको जनाएको छ। त्यस्तै मारुती सुजुकीले नाडा अटो शोमा तीनवटा स्मार्ट हाइब्रिड कार प्रदर्शन गर्ने भएको छ।माइल्ड हाइब्रिड इन्जिनमा सियाज, आर्टिगा र एसक्रस गाडीहरु नाडा अटो शोमा सार्वजनिक हुनेछन्।
महिन्द्राको मोराजो
महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले मेलामा हालसम्मकै ठूलो पेसेन्जर भेहिकल ुमोराजोु प्रदर्शनमा राख्ने योजना बनाएको छ।
FACEBOOK COMMENTS