पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।उनले एक कार्यक्रममा भने, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।”
मन्त्री अधिकारीले उक्त विश्वविद्यालय स्थापनाका लागि सरकारले आगामी एक महिनाभित्र संसदमा कानून पेश गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले लिएको लक्ष्य सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
नेपालमा आउने पर्यटकमध्ये लगभग ७० प्रतिशत पदयात्राका लागि आउने गरेको उनले जानकारी पनि दिए ।
FACEBOOK COMMENTS