काठमाडौं, मंसिर ४ -नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वड ( Peter Graeme Budd ) ले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा अष्ट्रेलियाबाट नेपलको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी भित्र्याउन सकिने संभावना रहेको बताएका छन् ।
राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलियाबीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताएका छन् । यसको लागि व्यवसायीक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए ।
उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागिपनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।
सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए । उनले अष्ट्रेलियाको मुख्यशहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार ÷मेलाप्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।
नेपालले अल्पविकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको कर मुक्तप्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकि रहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदायपनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए ।
FACEBOOK COMMENTS