काठमाडौं– नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ माघ २२ तोलमा ६२ हजार ६०० पुगेको छ।
अघिल्लो दिन तोलामा ६२ हजार ५०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ।
चाँदी भने ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
