काठमाडौँ, मंसिर ३ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) उछाल आएको छ । आज नेप्से २३.३२ अंकले बटेर १ हजार ७ सय ४१ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।
नेप्सेका अनुसार बुधबार ४ अर्ब ७९ करोड १० लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
कूल १९४ वटा कम्पनीकाे एक कराेड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर खरिदबिक्री भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र शिवम् सिमेन्टकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
FACEBOOK COMMENTS