काठमाडौं,पुस ३- नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठा ेबार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले आ.व.२०७५।०७६ को नाफा वाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस गरि कुल ८० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नुकासाथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्तापंजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमागरि ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई संस्थाले सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ५५ हजार भन्दा बढि सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नकालागि रु ४ अर्ब कर्जा लगानीमा रहेको छ ।