काठमाडौँ — नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।
यो व्यवस्था भदौ १ गते देखि लागू हुनेभएको छ ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो ।
यदी यस्तो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले त्यही अनुसार कारबाही र जरिवाना गर्ने बताए ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो ।
यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो ।
राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्नरनगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS