काठमाडौं, चैत २१- स्वास्थ्य मन्त्रालयले कास्कीमा कोरोना भाइरसको संक्रमित भेटिएको खबर सत्य नभएको बताएका छन् ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले पोखरामा आजसम्म कुनै पनि संक्रमित फेला परेका जानकारी गराएका हुन्।
प्रदेशहरुमा पनि अहिले कोरोना परिक्षण गर्ने मसिन तथा त्यसमा प्रयोग हुने रेजेन्ट गएको र परिक्षण सुरु गर्नु अगाडी भ्यालीडेसन् गर्नु पर्ने उनले बताए । त्यस क्रममा केहि परिक्षण डबल गर्नु पर्ने, र यो सधैको लागि नभई सुरुवातको लागि मात्र हुने उनले बताए । केहि शंकास्पद केसलाई प्रमाणित गर्नको लागि केहि नमुना दोहोरो परिक्षण गर्नु पर्ने उनले बताए ।
FACEBOOK COMMENTS