काठमाडौं, पुस १७ – नेपाली सेनामा प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा. देवेन्द्र बहादुर खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ ।
नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका एक जना महा-सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।
FACEBOOK COMMENTS