काठमाण्डौँ — प्रभु बैंंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आइतवार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।
यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ।
यसैगरी भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS