काठमाडौं, फागुन २९ – प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक विलय भएको छ। मर्जरपछि बिहीबार दुवै बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन्।
कैलाशलाई प्राप्ति गरेपछि नाम प्राइम कमर्सिलय नै रहने र केन्द्रीय कार्यालय पनि प्राइमकै केन्द्रीय कार्यालय रहेको कमलपोखरीमा हुनेछ । मर्जर पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । यस पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।
मर्जरपछि प्राइमको निक्षेप संकलन एक खर्ब ३० अर्ब रुपैयाँ र कर्जा लगानी एक खर्ब १५ अर्ब नाघ्ने छ।बैंकको अध्यक्षमा प्राइम बैंकका राजेन्द्रदास श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर नै हुने छन् ।
FACEBOOK COMMENTS