काठमाण्डौँ — एनसेलको कर विवादसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ ।
बिहीबारका लागि तोकिएको सुनुवाइ सर्वोच्च अदालत प्रशासनले सारेको हो ।
प्रारम्भिक सुनुवाइमै रिट निवेदकलाई अपूरणीय क्षति हुने व्याख्याका साथ अन्तरिम आदेशमार्फत नाफा विदेश लैजान अनुमति दिएको सर्वोच्चले त्यसपछि मुद्दाको पेसी बारम्बार सारिरहेको छ ।
निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको १० महिनापछि बिहीबार सुनुवाइको पालो आएको थियो ।
सुनुवाइको नयाँ मिति तोकिएको छैन ।
पूर्वसचिवहरू द्वारिकानाथ ढुंगेल, पूर्वनिमित्त महालेखापरीक्षक सुकदेव खत्रीसहित ६ जनाले दर्ता गराएको रिट अब एनसेल र रेनोल्ड होल्डिङसले दर्ता गरेको अर्को निवेदनसँगै राखेर हेरिनेछ ।
यसमा रेनोल्ड होल्डिङले तिर्नुपर्ने पुँजीगत लाभकर विवाद र करको दायित्वलगायत विवादसमेत निरुपण हुनेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS